भानुजयन्ती कार्यक्रम
Thursday, 14 July 2011 10:42
युलेन्स स्कुलमा हरेक वर्ष मनाउँदै आइएको भानुजयन्ति कार्यक्रम यस वर्ष पनि रमाइला र सिर्जनात्मक रचनाहरु प्रस्तुत गरी मनाइयो । १९७ औं भानुजयन्ती समारोहको शुरुवात विद्यालयका नेपाली भाषाका शिक्षक—शिक्षिका तिर्थ कार्की र मिना लुइटेलद्वारा भानुभक्तको तस्वीरमा पुष्पगुच्छा अर्पण गरी गरियो । सोही अवसरमा विद्यालयका प्राचार्य मेदिन लामिछानेज्यूले भानुजयन्तीको महत्वमाथि प्रकाश पार्नुभयो । उक्त कार्यक्रममा विद्यार्थीहरुले छन्दका कविता वाचन गर्नुका साथै आफ्नै रमाइला—रमाइला मौलिक कविताहरु पनि प्रस्तुत गरेका थिए भने नयन पोखरेलज्यूले समय सापेक्ष कविता वाचन गरेर सुनमा सुगन्ध थप्नुभएको थियो । उक्त कार्यक्रमका उद्घोषक विद्यार्थीहरु सुवासना दाहाल, पूजा बानियाँ र अंकित रावलको रोचक प्रस्तुतिले कार्यक्रमलाई अझ उल्लाहसमय बनाएको थियो। कार्यक्रमको अन्त सह—प्राचार्य हिमलाल घिमिरेज्यूको धन्यवाद ज्ञापनका साथै सुमधर कविता वाचनसँगै गरियो ।
तस्वीरहरूः


तस्वीरः नयन पोखरेल




